कुलमान घिसिङको आजबाट कार्यकाल सकिने, अझै अन्याेलमा पुनः नियुक्ति


काठामाडाैँ ।
२०७३ भदौ २९ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङको कार्यकाल सकिने भएकोले विदाइ हुन लागेकाे छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल समाप्त भएकाे र पुनः नियुक्तिका लागि हालसम्म पनि कुनै प्रकृया अघि नबडे पछि उनी विदाई हुने पक्का पक्की भएको हो ।

उर्जा मन्त्री र पार्टी अध्यक्ष प्रचण्ड दोहोर्याउने पक्ष छन् भने प्रधानमन्त्रीले भने यस विषयमा छलफल गरेर नियुक्ति दिने बताएकाले घिसिङलाई पुनः नियुक्ति गर्ने विषयमा भने अझै टुङगो लाग्न सकेको छैन । यस अघिको मन्त्रीपरिषद् २ पटक बस्न नसके पछि उनलाई नियुक्ति दिने विषय समेत अन्यौलमा परेको छ ।

प्रचण्ड निकट कुलमानले प्रधानमन्त्रीसँग भने कुनै पनि सल्लाह नगरी एक पक्षिय रुपमा नियुक्ति लिन खोजे पछि प्रधानमन्त्रीले उनको नियुक्तिका विषयलाई कम चासो राखेको छ । निकै कमाइ हुने मध्ये पर्ने विद्युत प्राधिकरणको प्रमुख भएर घिसिङले सरकार प्रमुखसँग भेटघाट समेत नगरी प्रचण्डकै दवावमा नियुक्ति लिन खोज्नुनै गल्ती भएको स्रोतको भनाई छ। प्रचण्ड पक्षलाई आर्थिक सहायता समेत गर्दै आएको तर घिसिङले सरकार प्रमुखलाई चासो नदेखाएको समेत आरोप छ ।