गोठ भत्कँदा दुई बालकको ज्यान गयो


रोल्पा, (नेस)
रोल्पाको लुंग्री गाउँपालिका–१ ऐपेमा गाईगोठ भत्कँदा २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ११ वर्षीय युवराज घर्ती र ८ वर्षीय अमर घर्तीको रहेको प्रहरीले जनाएको छ ।

मृतक दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

घटनास्थल जिल्ला सदरमुकामदेखि २५ कोष पूर्व प्युठान जिल्लाको सीमा क्षेत्रमा पर्दछ । गोठ के कारणले भत्कियो भन्ने अझै यकिन नभए पनि वर्षात्का कारण भत्किएको हुन सक्ने बताइएको छ।