तीस हजार दर्शक क्षमताको रंगशाला


हेटौंडा, (नेस)
पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा करिब ३० हजार दर्शक क्षमताको रंगशाला निर्माण हुने भएको छ। उक्त प्रस्तावित रंगशालालाई मदन भण्डारी फुटबल रंगशाला नामाकरण गरिएको छ।
रंगशाला निर्माणस्थलको अवलोकन जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले गरेका छन्। मनहरी गाउँपालिका–७ रमौलीमा निर्माणाधीन रंगशालाको स्थलगत अनुगमन गरिएको हो । गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष नवीन सुबेदीले मदन भण्डारी फुटबल रंगशाला निर्माणबारे अध्यक्ष लामालाई जानकारी गराएका छन्।
सुबेदीले पालिकाको महŒवपँर्ण योजनामध्ये रंगशाला पनि एउटा रहेको भन्दै रंगशाला निर्माणका लागि काम अघि बढाइएको जानकारी दिए। उनका अनुसार करिब २५ देखि ३० हजार दर्शक क्षमताको रंगशाला बनाउने योजना पालिकाको छ।
रंगशाला निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको उनले जानकारी गराएका छन्। रंगशाला निर्माणका लागि बाग्मती प्रदेश सरकारले ४० लाख विनियोजन गरेको सुबेदीले बताए। १५ हेक्टर क्षेत्रफलमा बन्न लागेको रंगाशालाका लागि ६२ करोड अनुमानित लागत लाग्ने उनको भनाइ छ।

अध्यक्ष लामाले अवलोकनका क्रममा कोरोना भाइरस संक्रमणले खेल क्षेत्रमा ठँलो क्षति पु¥याएको भएको बताएका छन्। खेलकुदको विकासविना मुलुकको आर्थिक विकास र समृद्धि सम्भव नभएको बताउँदै उनले रंगशाला निर्माणमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए। उनले रंगशाला मनहरीको मात्र नभएर सिंगो मकवानपुरको भएको जनाएका छन्।