यस वर्षको अन्त्यसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख नाघ्ने


वासिंगटन,(एजेन्सी) ।

शुरुमा कोरोना भााइरस महामारीको अमेरिकामा प्रति दिन ३६ हजार संक्रमित र २ हजार ७ सय जनाको मृत्यु तथ्याँक रहेको थियो । गर्मी बढ्दै जाने क्रममा दैनिक संक्रमित र मृतकको संखया बढेर क्रमशः ७५ हजार र १ हजार ४ सय रहन पुग्यो । अहिले आएर दैनिक संक्रमण र मृतकको संख्या घटेर ३६ हजार र करिव ७ सयमा सिमित रहन पुगेको छ ।

तर अझैपनि विशेषज्ञहरु चिसो मौसम शु रुभएसंगै घर भित्रै गुम्सिएर बस्ने । बिद्यालयहरु पुन खोलिने तथा विदाको रमाइलो मनाउन एकै स्थानमा भिड जम्मा हुने जस्ता गतिविधिहरु बढे लगत्तै महामारीको प्रभाबले पुर्ब चरमचुली समेत नाघ्न सकने चिन्ता व्यक्त गर्दछन् । विहिवार युनिभर्सिटज इन्सिटच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालयसन ( आइएचएमइ ) को टोलिले यस सम्बन्धमा भविष्यवाणी सार्वजनिक गरेको छ ।

आइएचएमइ अनुसन्धानकर्ताहरुले सन् २०२० को अन्तय सम्ममा कोभिड १९ को कारण थप २ लाख २० हजार व्यक्तिको ज्यान जाने र अमेरिकामा मृतकको संख्या ४ लाख १० हजार वा सो भन्दा बढि पुग्ने अनुमान गरेका छन् । अहिले अमेरिकाको मृतक संखया १ लाख ९० हजारको हाराहारीमा रहेका ेछ ।