कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, १ हजार ८१८ डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घन्टामा थप १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म ३५ हजार ७०० जना उपचारपछि निको भएका छन् ।

हाल देशभर १४ हजार ४४८ जना सक्रिय संक्रमित छन् जसमध्ये ६ हजार ४३८ जना होम आइसोलेसनमा छन् ।