इरानमा विद्याथीलाई बन्द नेट भित्र राखेर पढाई


तेहरान (एजेन्सी)

कोरोना भाइरस कहरबाट सबैभन्दा पिडित एसियाली देश मध्यका एक इरानमा करिब ७ महिनापछि विद्यालय खुलेको छ । कोरोना भाइरस महामारी फैलिएपछि सबै विद्यालय बन्द गरिएको थियो ।

स्कुल खोल्ने सरकारको निर्णयल देशका डेढ करोड बच्चामध्य धेरै जसो स्कुलमा फर्केका छन तर यो कम संक्रमण भएका ठाउँमा मात्र सम्भव भएको छ । स्कुल फर्केपछि पछि बच्चाहरुको स्थिति सहज भने छैन । उनीहरु स्कुलमा बन्दी जस्तो भएर पढाई गर्नु परिरहेको छ ।

केही स्कुलमा कोरोना संक्रमणबाट बच्चा बच्चाहरुलाई विशेष रुपमा तयार गरिएका नेट भित्र बस्नु परेको छ। जुन चारैतिरबाट पुरै बन्द छ । हरेक बच्चाका लागि अलग अलग नेट दिइएको छ । इरानको रेड जोनमा संक्रमणको दर विशेष रुपमा धेरै छ र त्यहाँका स्कुल बन्द छन् । तेहरानमा यलो जोनमा संक्रमणको धेरै खतरा छ तर रेड जोनको तुलनामा कम ।

इरानी सरकारले यलो जोनमा आफ्ना बच्चालाई स्कुल पडाउने वा नपठाउने भन्ने कुराको निर्णय गर्ने अधिकारी अविभावकलाई दिएको छ । जुन बच्चा स्कुल जान पाइरहेका छैनन उनीहरुलाई भर्चअल तरिकाबाट पढाउने काम भइरहेको छ । कयौं परिवारले कारोना भाइरसको डरले आफ्ना बच्चाहरुलाई स्कुल पठाइरहेका छैनन् ।

पढाइका लागि इरानी प्रशासनले कडा नियम बनाएको छ । ती स्कुलले ३५ मिनेट मात्र पढाउन पाउने छ । भर्चुअल कक्षा विशेष गरी सरकारी टेलिभिजन च्यानलमा प्रशारण गरिरहेको छ ।

इरानका राष्ट्रपति हसन रुहानीले भने ( हाम्रा बच्चाहरुको स्वास्थ्य सर्वोच्च प्राथमिकता हो तर शिक्षा पनि आवश्यक छ ।

विद्यार्थीका लागि यो बर्ष कडा नियमको बर्ष हुने छ । यो केही सेनाको प्रशिक्षण सिविर जस्तै हुनेछ । इरानमा जोर विजोर तरिका अपनाइएको छ । यसबीच डाक्टरहरुले स्कुल खोलेकोमा चिन्ता ब्यक्त गरेका छन् ।