काठमाडौं । विश्वमा एकैदिन दुई लाख ७० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन दुई लाख ७० हजार १ सय ३२ जनामा संक्रमण देखिएको हो ।
यसरी विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७९ लाख ९८ हजार ४ सय ३२ पुगेको छ ।
त्यस्तै विश्वमा एकैदिन ५ हजार ९ सय ७९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
यसरी विश्वभर कोरोनाबाट ज्यान जानेको संख्या ९ लाख ७ हजार ५५ पुगेको छ ।
प्रतिक्रिया