आज थप ६ संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ३०६ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा एकैदिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै मृतकको संख्या ३ सय ६ पुगेको स्वासथ्य मनत्रालयले जनाएको छ । सुनसरीमा ७०, पर्सामा ५४ र ६० वर्षीय पुरुष, काठमाडौंमा ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष, कपिलवस्तुरमा ६२ वर्षीय पुरुष गरी ६ जनाको मृत्यु भएको हो । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यसअघि सोमबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।