काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ९७६ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप ३९६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ७६ पुगेको छ।

काठमाडौंमा ६ हजार २ सय १७, ललितपुरमा ९७७ र भक्तपुरमा ७८२ संक्रमित पुगेका छन् ।