थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार २८७ डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । आज २ हजार २ सय ८७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ३२ हजार ९ सय ६४ जना संक्रमित उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार ५ हजार ३ सय १० जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १४हजार २ सय ५९ रहेको छ।