एजेन्सी ।
तेलगुका अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ । ७४ वर्षीय रेड्डीको मंगलबार हर्टअट्याक भएपछि आन्ध्र प्रदेशको गुन्टूरमा रहेको आफ्नै निवासमा निधन भएको हो ।
रेड्डी हाँस्यका साथै खलनायकको भूमिकाबाट चर्चित छन् । उनले पहिलोपटक सन १९८८ मा ब्रह्मा पुत्रुडु नाम चलचित्रमा अभिनय गरेका थिए ।
उनले चित्रम भालारे विचित्राम, जाम्बा लाकिडी पम्बा, प्रेमेन्चुकुण्डम रा, समरसिंहा रेड्डी, अवुनू वल्लीदरु इस्त पाद्दारु, पल्लति ब्राह्मणयुदु, अमर अकबर एन्थोनी, नेला टिकट, जम्बा लाकिडी पम्बा नामका धेरै चलचित्रहरूमा अभिनय गरेका छन् ।
उनको निधनमा आंध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले दुःख व्यक्त गरेका छन्। उनी तेलगु फिल्मका दिग्गज कलाकार रहेको भन्दै नायडुले रेड्डीको निधनले तेलगु फिल्ममा अपुरणीय क्षति पुगेको जनाएका छन्।
Telugu cinema and theatre has lost a gem today with the demise of Jayaprakash Reddy Garu. His versatile performances over several decades have given us many a memorable cinematic moments. My heart goes out to his family and friends in this hour of grief. #JayaPrakashReddy pic.twitter.com/gOCfffmQjP
— N Chandrababu Naidu #StayHomeSaveLives (@ncbn) September 8, 2020
प्रतिक्रिया