दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वत जिल्लामा एक साता देखि बन्द रहेको आन्तरिक रुपमा चल्ने सार्वजनिक यातयात मंगलबार देखि नियमित रुपमा चल्ने भएका छन् ।
लुकिछीपी प्रबेश गर्नेहरुकै कारण संक्रमणको जोखिम देखिएपछि एक साता देखि आन्तरिक रुपमा चल्ने यातयात सञ्चालनमा रोक लगाइएको थियो ।
तर समुदायमा संक्रमण नफैलिएको ठहर भएपछि जिल्ला संकट ब्यबस्थापन केन्द्र(डिसीसीएमसी)को निर्णय अनुसार मंगलबार देखि यातयात नियमित रुपमा चल्ने भएका हुन । सार्वजनिक यातयात बन्द हुँदा पनि बजार, सरकारी कार्यालय र निजी सवारी साधनहरु भने निर्वाह रुपमा सञ्चालन हुँदै आएका छन् ।
समुदायमा संक्रमण फैलिन नदिन सोमबार राती देखि कम्तीमा एक साताका लागि सार्वजनिक यातयातका साधनहरु बन्द गरिएको थियो । पोखरा तथा बागलुङ्ग र म्याग्दीबाट सडक भन्दा भित्री बाटो प्रयोग गरि पर्वतको सिमाना पार गर्ने र सवारी साधनबाट बजार र गाउँगाउँ पुग्ने गरेको पाइएपछि सार्वजनिक यातयात बन्द गरिएको गरिएपनि दुई हप्ताका लागि सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । ‘लुकीछिपी आउनेका कारण नै सबैभन्दा जोखिम बढेको देखेर एक हप्ताका लागि सार्वजनिक यातयात बन्द गरेका थियौ ’ उहाँले भन्नुभयो ‘अब दुई हप्ता खुल्ला गरेपछि फेरी एक साताका लागि बन्द गर्छौ ।’ लुकिछीपी छिरेकाहरुबाट संक्रमण भित्रीएको भए पनि सबै ठाउँमा पुग्न नसकोस भनेर एक हप्ता सार्वजनिक यातयात बन्द गरेर फेरी खोल्ने निती लिएको हो ।
कोरोना संक्रमण समुदायस्तरमा जान नदिनका लागि केही दिन यता नाकामा चेक जाँचमा कडाई गर्दै अत्याबश्यक काममा बाहेक जिल्ला भित्रन र बाहिरीन कडाई गरिएको छ । बिरामी, अत्याबस्यक सेवा, निर्माण सामाग्री बोकेका र खाध्यान्न बोकेका सवारी साधनहरुलाई प्रबेश दिइएको छ । अन्यलाई नाकाबाटै फर्काइएको छ तर लुकिछिपी भने केही मानिस आइरहेका छन ।











प्रतिक्रिया