कोरोना संक्रमित बढेसँगै पाल्पाका विभिन्न स्थान सिल

0
Shares

न्युज अफ नेपाल, पाल्पा ।

समुदायस्तरमा कोरोना फैलिएपछि पाल्पाका लस्थानीय तहहरुले सुरक्षात्मक उपाय भन्दै विभिन्न उपाय अपनाउन थालेका छन ।

जिल्लाको तिनाउँ गाउँपालिकाको कार्यालय एक हप्तासम्म र बगनाँकाली गाउँपालिकाको वडा नम्बर ७ र ८ को केही भाग अनिश्चित कालका लागि बन्द गरिएको ति गाउ पालिकाले जनाएका छन् । तिनाउँ गाउँपालिकाको लामा चौपारी टोललाई सिल गरी आवतजावत वन्दगर्ने, गाउँपालिकाका अत्यावश्यक सेवा र स्वास्थ्य सेवा वाहेक सवै सेवाहरु आगामी २८ गते सम्मका लागी बन्द गरिएको गाउँपालिकाका अध्यक्ष ओमवहादुर घर्तिले एक विज्ञप्ती मार्फत जनाउनु भएको छ ।

तिनाउ गाउपालिकाका अनुसार सिल गरिएको क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने तयारी भैरहेको छ ।

त्यस्तै बगनाँसकाली गाउँपालिकाले वडा ७ को देउराली, कमेरेगाउ हुदै ७ नम्वर वडा कार्यालय सम्म नम्बर ८ को देउराली बजार, नेपानेडाँडा, वडा नम्बर ७ को कमेरे हुँदै वडा कार्यालय सम्मलाई शिल गरेको जनाएको छ ।

पछिल्लो समय पाल्पाका बिभिन्न स्थानमा समुदाय स्तरमै कोरोना संक्रमणको पुष्टि भएका छन् । अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना पुष्टि भएपछि आकश्मिक सेवा बाहेक जिल्ला अस्पताल पाल्पा समेत शिल गरिएको छ ।