स्थानीय तहको बेथिती : एउटै व्यक्तिको फरक कार्यको दोहोरो जिम्मेवारी


सञ्जय कार्की, रौतहट ।

रौतहटको दुई स्थानीय तहमा एकै ब्यक्तिले फरक कार्यको दोहोरो जिम्मेबारी बहन गर्दै आएको खुलेको छ । एउटा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत र अर्को नगरपालिकामा लेखाअधिकृतको फरक दुई जिम्मेबारी सहितको भुमिका निर्बाह गर्ने भाग्यमानी अधिकृत राम प्रकाश साह बनेका छन ।

गरुडा नगरपालिकाको लेखाअधिकृत राम प्रकाश साहले गत आर्थीक बर्ष यता देखि कटहरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको समेत जिम्मेबारी सम्हाल्दै आएको खुलेको छ । जिम्मेबारी दोहोरो भएसंगै साहले सुबिधा समेत दोहोरो लिएको बताइएको छ ।

दोहोरो भुमिका निर्बाह गर्दै आएका राम प्रकाश साहले भने अब एकातिरको मात्रै जिम्मेबारी बहन गर्नेछु । कहिनभएको जात्रा हाडिगाउमा भनेझै रौतहटको स्थानीय तहमा यस्तै भएको छ । कर्मचारीको अस्तब्यस्ता संगै जनप्रतिनिहरुको बेमेलले स्थानीय तहले बिकासको गति स्थानीयबासीमा दिन सकेका छैन । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकिय अधिकृतलाई स्थानीय तहका जनप्रतिनिधिहरुले हाजिर गर्न बाट बन्चित गर्न थालेपछि अबस्था यस्तो आएको हो ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय गौरका प्रमुख ईश्वरी प्रसाद ढकालले आपतकालिन अबस्थामा फरक कार्यक्षेत्रमा जिम्मेबारी बहन गरेको बताउनु भयो । रौतहटका २ गाउपालिका सहित १८ वटा नगरपालिका रहेको छ । अधिकास स्थानीय तहमा ईन्जिनियर, लेखाका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षाका कर्मचारी, स्थानीय तहका कर्मचारी लाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेबारी दिइएको छ ।

गरुडा नगरपालिकामा खानेपानीका ईन्जिनियर मुस्ताक आलम, बृन्दाबन नगरपालिकामा ईन्जिनियर नागेन्द्र यादब, राजदेबी नगरपालिकामा ईन्जिनियर संजय पाण्डे, गुजरा नगरपालिकामा स्वास्थ्यका नन्देश्वर चौधरी, फतुवा बिजयपुर नगरपालिकामा स्वास्थ्यकर्मी प्रमोद कुमार गुप्ता, बौध्दिमाई नगरपालिकामा स्थानीय तहका रामईश्वर राय, राजपुर नगरपालिकामा स्थानीय तहका बैजु ठकुर, देबाही गोनाही नगरपालिकामा स्थानीयका राजदेब राम, दुर्गाभगबती गाउपालिकामा जगत कुमार साहले प्रमुख प्रशासकिय अधिकृतको जिम्मेबारी सम्हाल्दै आएका छन । सम्बन्धित स्थानीय तहको प्रमुख सहितको जनप्रतिनिधिहरुको रोजाईमा उनीहरु परेका हुन । प्रशासनिक अनुभब नभएका लाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेबारी दिदा उनीहरुले नीती, नीयम, ऐन, कानुन भन्दा पनि प्रमुखको ईसारामा चल्ने हुदा पालिकाहरुमा फजुल खर्च बढेर गएको छ ।

गत भदौ १४ गते मौलापुर नगरपालिका बाट गरुडा नगरपालिकामा सरुवा भएका सिकिन्द्र प्रसाद साह लाई नगरपालिकाका प्रमुख ईनु राय यादबका छोरा अनिल यादब र भतिज राम सिंह यादबले हाजिर गर्न बाट बन्चित गर्न लागि परेका छन । उता यमुनामाई गाउपालिकामा सरुवा भएका सुनिल कुमार केशरी हाजिर हुननै आएनन । मौलापुरमा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत खटाइएको छैन । उता सभा सम्पन्न गरेको जनाएपनि सम्बन्धित नागरिक लाई पालिकाहरुले नीति, कार्यक्रम, बजेट र योजना सार्बजनिक गर्ने गरेका छैनन ।