ललितपुरका मेयरलाई ज्यान मार्ने धम्की दिने शाक्य पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संजय शाक्य रहेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाको टोलीले शाक्यलाई ललितपुरको नख्खुबाट पक्राउ गरेको हो ।

एक अन्तरवार्तामा मेयरको घाँटी काट्छु भनेर धम्कि दिएका कारण शाक्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छेन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपका बारेमा शाक्यले एक टेलिभिजनमा अन्तर्वाता दिँदै मेयर तथा वडाध्यक्षको घाँटी काट्ने धम्की दिएका थिए।