चन्द्रमामा मानव अभियानका लागि नयाँ रकेटको परीक्षण


वासिंगटन (एजेन्सी)
अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले एक नयाँ रकेटको फुल स्केल फ्लाइट सपोर्ट बुस्टरको परीक्षण पुरा गरेको छ । चन्द्रमामा जान आफनो अन्तरिक्ष प्रक्षेपण प्रणाली तयारीमा नासा लागिरहेको छ ।
अर्टिमिस अभियान अन्तर्गत सन् २०२४ मा नासाले पहिलो महिला र एक पुरुषलाई चन्द्रमामा पठाउने योजना बनाएको छ । सन् १९७२ पछि पहिलो पटक मानवलाई चन्द्रमामा अवतरण गर्ने प्रयास हुने छ ।
परीक्षणका क्रममा वुस्टरलाई ३६ पाउन्ड थ्रस्ट फायर गर्नु थियो र १ सय २२ सेकेन्डसम्म सक्रिय रहनु थियो । परीक्षणमा बुस्टरले कस्तो काम गर्यो त्यसको नतिजा पछि जारी गर्ने नासाले जनाएको छ । परीक्षणका क्रममा धरै मिनेटपछि पनि युटाहा स्थित परिक्षण स्थलमा उत्पन्न तापका कारण वाफ निस्किरहेका देखिएको थियो ।
एसएलएस बुस्टर निर्माता नर्थरोप ग्रमनम ब्यालेस्टिक्स इन्जिनियर निकोलस सिऐस्टनले यस परीक्षणमा नयाँ पदार्थहरुको जाँच हुने र मोटरलाई आवश्यक प्रविधिको प्रमाणिकरण हुने जाानकारी दिए । यो नतिजालाई अर्टिमिसपछि पनि गरिने उनले थपे ।