पारस खड्का एमबीए पढ्दै


काठमाडौं, (नेस)
फिनिक्स कलेज अफ म्यानेजमेन्टले क्रिकेटर पारस खड्कालाई २ वर्षका लागि एमबीए कार्यक्रममा ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ।
थापागाउँ, नयाँ बानेश्वरस्थित फिनिक्स कलेजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारसले यसै सेप्टेम्बरदेखि अध्ययन गर्नेछन्। फिनिक्स कलेजका प्राचार्य डा. विनोदबहादुर खत्रीका अनुसार पारस खड्का नेपाली राष्ट्रिय टिमका विख्यात खेलाडी मात्रै नभएर राम्रो र मेधावी विद्यार्थी पनि भएको बताएका छन्। खत्रीले भने– ‘पारस खड्काको कलेजसँगको सामिप्यता तथा उच्च शिक्षा अध्ययनप्रतिको लगाबले के प्रस्ट्याउँछ भने फिनिक्स कलेज अफ म्यानेजमेन्ट राष्ट्रिय नायकहरू तथा मेधावी विद्यार्थीको पहिलो रोजाइमा परेको कलेज हो।’
कलेजका डाइरेक्टर लक्ष्मण पोख्रेलले पारसलाई कलेजको एमबीए कार्यक्रममा ब्रान्ड एम्बासडरको रूपमा २ वर्षका लागि अनुबन्ध गरेको बताए। स्नातक तहसम्मको शिक्षा हासिल गरेका पारसले उच्च शिक्षा आवश्यक भएको भन्दै उनले भने– ‘खेलाडीका लागि औपचारिक र उच्च शिक्षा धेरै आवश्यक हुन्छ। विशेषगरी, खेल जीवन र त्यसपछिको समयका लागि मनन गर्दै एमबीए अध्ययनका लागि फिनिक्स कलेज अफ म्यानेजमेन्टमा शुरुआत गरेको हुँ। फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एमबीए तथा बीबीए कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो।’