पाल्पा अस्पतालमा उपचाररत विरामीमा कोरोना देखिएपछि अस्पताल शिल


कविराज नेपाल,पाल्पा  ।

पाल्पा जिल्ला सदरमुकाम तानसेन स्थित जिल्ला अस्पातलमा उपचाररत एक जनामा कोरोना सक्रमण पुष्टि भए पछि सो अस्पताल शिल गरिएको छ ।

अस्पातालमा गत हप्ता अघि देखि भर्ना भई उपचार गराइरहनुभएकी तानसेन ११ निवासी ८२ बर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएपछि आकस्मिक सेवा बाहेक सबै सेवाहरु आइतबार बेलुकी देखिनै बन्द गरिएको हो । अस्पतलाले आकास्मिक बाहेकका सेवा बन्द गरिएको जनाएको छ ।

आइतवार अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.जगदीश कुँवरले एक सूचना प्रकाशित गरि
अस्पताल बिकास समितीको बैठकले सेवामा कार्यरत कर्मचारीको स्वाब परिक्षण र नतिजा नेगेटिभ आए पश्चात मात्र थप निर्णय लिने गरी सेवा बन्द गरेको जनाइएको छ ।