सेनाको विषयमा ट्रम्पको पत्रिकासंग भनाभन


वासिंगटन, (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाइ उदरित गर्दै अमेरिकी सेनालाई ‘ हरुवा ’ र ‘ बेइमान ’ को संज्ञा दिएको बताउने एकजना पत्रकारलाई ‘ निच ’ भनी गाली गरेका छन् । ट्रम्पले एटालान्टिक पत्रिकाको यस प्रतिवेदनलाई सन् २०१६ को राष्ट्रपतिय चुनाव जित्नका लागि रसियाको साथ लिएको भनी आफुमाथि लगाइएको प्रमाणित हुन नसकेको आरोपसंग तुलना गरेका छन् ।

ट्रम्पका ति कथनहरुलाई एसोसियटेड प्रेसले स्वतन्त्र रुपमा पुष्टि गरेको थियो । सन् २०२० का नोभेम्वरमा अमेरिकाको राष्ट्रपति चुनाव हुने दिन नजिकिरहेकोबेला ट्रम्पको विरोधमा उत्रिनेहरुमा योद्धाहरुको समुह पनि रहेका छन् ।

प्रोग्रेसिभ ग्रुप भोट भेट्सले युद्ध मोर्चामा आफ्ना सन्तान गुमाएका परिवारहरुको एउटा भिडियो पोस्ट गर्दै‘ त्याग गुर्न भनेको केहो भन्ने तपाईंलाई थाहा छैन’ भन्ने लेखिएको छ । अमेरिकी फौजको रुपमा इराक र अफगानिस्तान युद्ध लडेका भेटरान पाउल रिखोफले ट्विट गरेका छन् , ‘यसबाट खासमा को आश्चर्यमा परेको छ ? ’

शनिवार भर्जिनिया स्थित ट्रम्प नेसनल गलफ क्लबन जिक राष्ट्रपतिको मोटरकेड तर्फ सानो समुहमा उपस्थिती प्रदर्शनकारीहरले प्लेकार्ड देखाएका थिए । तर ट्रम्पले भने आफुले सदैव सेनाको पूर्ण समर्थन गरर्ने गरेको दावी गरेका छन् । यसैबि चगत वर्ष पेउ रिसर्च सेन्टरले गरेको सर्भेक्षणमा ५७ प्रतिशत भेटरानले ट्रम्पलाई कमान्डर इन चिफको रुपमा सम्मान गर्ने गरेको भेटाएको थियो ।

साथै त्यो अनुसन्धानले पाँच जना मध्ये तीनजना भेटरानले आफुलाई रिपब्लिकन भनेर चिनाउन चाहेको पनि फेला पारेको थियो । दि एटलान्टिकका अनुसार प्रथम विश्व समाप्त भएको शत वार्षिकीको उपलक्षमा सन् २०१८ को नोभेमवरमा फन्स्को राजधानी पेरिस नजिकको मार्न अमरिकी चिहानमा जना अस्विकार गर्दै ट्रम्पले त्यो स्थान हरुवाहरुले भरिएको बताएका थिए ।

चारवटा सुत्रले एटलान्टिकलाई त्यसबेला पानी परिरहेकाले ट्रम्पले आफ्नो केश भिजाउन नचाहेको र साथ ैउनले युद्धभुमिमा ज्यान गुमाउन अमेरिकी योद्धाहरुलाई सम्मान गर्नु त्यति महत्वपूर्ण नरहेको पनि सोचेको जानकारी दिएका थिए ।