व्यस्त सडकमा पत्नी हत्या गर्न खोज्ने फरार


टाम्पा, (एजेन्सी)

अमेरिकाको फ्लोरिडा राजमार्ग गस्ति प्रहरीले विहिवार आफ्नी पत्नीलाई आइ – ७५ रोडमा हत्या गर्न खोज्ने एक पुरुषको खोजि गरिरहेको बताएका छन् । स्थानीय समय अनुसार टाम्पा नजिकको पास्को काउन्टिको राजमार्गको साउथबाउनड लेनमा बिहान ९ बजेर ३० जाँदा यो घटना घटेको बताइएको छ ।

४५ वर्षीय जोए एडवार्ड मोर्गनलाई डोज ¥याम पिकअप भ्यानको ड्राइभरको सिटबाट केश समाउँदै बाहिर तानेर पिटेको र अन्त्यमा अगाडि बढिरहेको ट्रकको सामु फालेको अभियोग लगाइएको छ । फ्लोरिडा राजमार्ग गस्ति प्रहरी अधिकारी स्टिभ ग्यास्किन्सले ति महिलाको ज्यान जोगाउन ट्रक ड्राइभरले ठूलो परिश्रम गर्नु परेको बताएका छन् ।

प्रहरीले आफुतिर हेरिरहेको महशुस भएपछि नजिकैको जंगल तर्फ भाग्नु अघि ति मोर्गनले पटक पटक आफ्नी पत्नीलाई मार्ने धम्की दिँदै पिटेको बताइएको छ । एकजना पुरुषले राजमार्गमा एक जना महिला माथि साँघेतिक आक्रमण गरिरहेको भन्दै सो मार्गबाट जान थुप्रै ड्राइभरहरुले प्रहरीलाई ९११ मा फोन गरी उजुरी गरेको बताइएको छ । आफु चढेको सावारी साधनको एउटा टायर पड्केपछि एककासी तनावित भएका मोर्गनले स्वासनीलाइ पिट्न थालेको बताइएको छ ।