निषेधात्राको अवज्ञा गर्दै सामाजिक सुरक्षा भत्ताका लागि वृद्धवृद्धाको भिड


न्युज अफ नेपाल, धादिङ ।

धादिङबेसीमा रहेको प्रभु बैंकमा सामाजिक सुरक्षा भत्ता लिन आउनेहरुको भिड लागेको छ । कोरोना भाइरस (कोििभड १९)को महामारी को समयमा बैँकमा मानिसहरु भिड लागेर सामाजिक सुरक्षा भित्ता लिन लागेपनि बैँक प्रशासन र स्थानीय नगरपालिका भने मौन रहेको छ । सामाजिक सुरक्षा भत्ता लिनका लागि निलकण्ठ नगरपालिकाले प्रभु बैँकलाई जिम्मा दिएपछि नागरिकहरुले सास्ती खेपिरहेका छन् ।

अहिले कोरोना भाइरसको माहामारी भएको अवस्थामा नागरिकहरु महामारीको वेवास्ता गर्दै खचाखच लाइनमा बसेका हुन् । लाइनमा बसेकाहरु सबै ६० वर्ष उमेर काटेका वृद्धवृद्धाहरु सहभागि थिए । केहीले मात्र मास्क लगाएका थिए ।

धेरै जसो मास्क नलगाइ करिब ३ सय को लाइनमा बसीरहेको अवस्थामा देखिएको यो दृश्यले जिल्ला सदरमुकाममा गरिएको निषेधाज्ञा र नीलकण्ठ नगरपालिकाले घरघरमा बाँडीरहेको सामाजिक सुरक्षा भत्ताको कुराले गिज्याइरहेको छ ।

धादिङबेसी बिचबजारमा ६ वटा बैंकका शाखा रहेकोले भिडभाड रहने गर्दछ । आइतबार बिहान ६ बजेदेखि नै प्रभु बैंकको गार्ड बस्ने मूल सटरदेखि सडकसम्मै ज्येष्ठ नागरिकहरूको भिड थियो । उनिहरु राती ४ बजेदेखि घरबाट हिडेर बैँक आएका थिए । नगरप्रमुखका १ सय वर्षीय बाबु सोमनाथ ढुंगाना पत्नीसँगै मूलढोकामै गार्ड बस्ने कुर्चीमा बसेका थिए । नीलकण्ठ नगरपालिकाको २ नम्बर वडाले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बैंकमा पठाइसकिएको खबर दुई घण्टासम्म हिँडेर स्थानीयहरू बैंकमा आइपुगेका थिए ।

भदौ २३ गतेसम्मका लागि सदरमुकाम निषेधाज्ञा भएकोले पसल व्यवसाय, सबै ठप्प छ । यातायात साधन चलेका छैनन् तर बैँक र वित्तिय संस्थाले कारोबार गर्न थालेपछि सेवाग्राहीको भिड लाग्न थालेको हो । नगरपालिकाले बैँकमा रकम पठाएको खबर पाएका वृद्धवृद्धाहरु कोरोना भाइरसको बेवास्ता गर्दै भिड गरेर बैक अगाडी लाम लागेका हुन् ।

मानिसहरु बौक मा लाइन लागेर बसेको सम्बन्धमा बैँकका शाखा प्रबन्धक इश्वर श्रेष्ठले बैँकमा रकम खाएको थाहा पाएर मानिसहरु आएकोले व्यवस्थीत गरेर सामाजिक भत्ता वितरण गर्ने बताउनुभएको छ । केही टोलमा बैँक कर्मचारी गएर यस अघि वृृद्धभत्ता वितरण गरेपनि कोभिड १९ महामारकिो कारण देखाउँदै बैँकले टोल टोलमा लगेर वितरण गर्ने सम्झौता गरेको सामाजिक सुरक्षा भत्ता गाउँसम्म पुर्याउको छैन ।