पाल्पामा होम क्वारेन्टाइनमा वसेका १६ जनामा कोरोना पुष्टि


न्युज अफ नेपाल, पाल्पा ।

पाल्पामा एकैदिन भारत तथा तेस्रो मुलुकबाट आएर होम क्वारेन्टाइनमा रहेका १६ जना व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आइतवार प्राप्त नतिजामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार माथागढीका ५ पुरुष, रैनादेवी छहराका १ महिला १ पुरुष, बगनासकालीका १ पुरुष, तिनाउँ गाउँपालिकाका ८ पुरुष गरी १६ जनामा कोरोना देखिएको हो ।

कार्यालयका अनुसार जिल्लाभर ६ सय ६ जनामा कोरोनाको संक्रमण भएको छ । जसमा पाल्पामा अहिलेसम्म ५ सय ६२ जनाले कोरोना जितेर घर फर्किएका छन् भने २ जनाको निधन भएको छ ।