आफूले गरिरहेको माया कस्तो प्रकारको हो ? जिज्ञासा उत्पन्न हुनसक्छ, जान्नुहोस


भनिन्छ प्रेम (माया)को कुनै परिभाषा हुँदैन । र, यसको कुनै प्रकार पनि हुँदैन । तर, माया आफैंमा एउटा यस्तो अनुभव भने पक्कै हो, जसमा भावना र आत्मियता जोडिएको हुन्छ । प्रेममा परेका मानिसहरुले संसारलाई पहिलेभन्दा सुन्दर देख्न थाल्छन् रे !

सायद तपाईंले पनि अहिले वा कहिल्यै कसैलाई माया गर्नुभएको थियो वा कसैको प्रेममा पर्नु भएको हुनसक्छ । तर, के तपाईंलाई थाहा छ कि माया कति प्रकारको हुन्छ ? या तपाईले कहिल्यै सोच्नु भएको छ कि मैले कस्तो प्रकारको माया गरिरहेको छु ? पक्कै पनि हरेक मान्छेको मनमा आफूले गरिरहेको माया कस्तो प्रकारको हो भन्ने जिज्ञासा उत्पन्न हुन्छ ।

प्रेम गर्ने तर प्रेमको प्रकार थाहा नपाउनेका लागि केही सहज होस् भनेर यो आलेखमा प्रेमका प्रकारबारे चर्चा गरिएको छ । तपाईंले कस्तो प्रकारको प्रेम गरिररनुभएको छ, यो आलेख पढेर थाहा पाउनुहुन्छ कि ?

रोमान्टिक माया

यस्तो माया प्राचिन ग्रीसका प्रेमका देवता मानिने ‘ईरोश’प्रति समर्पित मानिन्छ । रोमान्टि प्रेमलाई सबैभन्दा खतरनाक प्रेम पनि भनिन्छ । यति खतरानाक कि यो प्रेमले धेरैजसो समस्याहरु निम्त्याउँछ । यस परिभाषाअन्तर्गत विवाहेत्तर सम्बन्धलाई रोमान्टिक प्रेमको संज्ञा दिने गरिन्छ ।

रोमान्टिक प्रेमको अर्को परिभाषा पनि छ । जसमा भनिन्छ कि प्रेममा परे पछिको पहिलो अनुभव नै ‘रोमान्टिक लभ’ हो । यस प्रकारको प्रेममा परेका जोडीहरु एक दोस्रो विना बाँच्न नै नसकिने सम्म पनि सोच्छन् ।

कालान्तरसम्मको माया

लामो समयसम्म चल्ने प्रेम नै ‘कालान्तरसम्मको माया’ हो । प्रेममा परेर धेरै दुख, कष्ट तथा तमाम व्यवधान सहेर पनि कोही जोडी सम्बन्धमा बाँधिरहन्छन् भने उनीहरुको प्रेमलाई ‘कालान्तरसम्मको माया’ भनिन्छ ।

यस प्रकारको प्रेम विवाहमा गएर परिणत हुन्छ । र जीवनपर्यन्त चलिरहन्छ । यस्तो प्रेम गर्नेहरु बुढेसकालसम्म पनि एकअर्काप्रति समर्पित हुन्छन् ।

चंचल माया

यस्तो प्रकारको प्रेम बचपनमा हुने गर्छ । कतिपयलाई भने किशोरावस्थामा पनि चंचल प्रेम हुन्छ । यस्तो प्रेम केटाले केटी तथा केटीले केटालाई जिस्क्याएर, फ्लर्ट गरेर सुरु हुन्छ ।

यस्तो प्रेममा पर्नेहरुलाई लाग्छ कि पूरै संशार रंगीन छ । सबैजना धेरै खुसी छन्, कोही कसैसँग रिसाउँदैन ।

प्रेमिल माया

यस्तो प्रकारको माया बढी नै भावनात्मक हुन्छ । यस्तो माया तपाईले आफ्नो साथीसँग बढी गर्नुहुन्छ । केटा होउन् या केटी, विपरित लिङ्गीहरु पनि साथित्व निर्वाह गर्छन् भने त्यो प्रेमिल प्रेम हो ।

यस्तो प्रेममा कुनै शारीरिक आकर्षण हुँदैन । यस्तो प्रकारको फिलिङ बचपनमा भाई–बैनी तथा आमाबुवासँग पनि हुन सक्छ ।

रित्तो माया

जब कुनै जोडी प्रेममा परे पछि पश्चाताप, दुख या पीडामा हुन्छ भने यस्तो अवस्थालाई खाली (रित्तो) प्रेम भन्न सकिन्छ । धाध्यताबस प्रेमी भइरहनुपर्ने अवस्था हुन्छ भने त्यसलाई खाली प्रेम भनिन्छ ।

यस्तो माया खासगरी विवाहित जोडीहरुमा हुन्छ, जो एकअर्काप्रति समर्पित हुँदैनन्, तर बच्चा, परिवार अथवा समाजका कारण मात्रै बन्धनमा हुन्छन् ।

आवेगपूर्ण माया

यस प्रकारको प्रेममा मानिसहरुमा अरु कुनै पनि चिजको मतलव हुँदैन । यस्तो प्रेममा परेकाहरु पागलपनको हद पार गरेर पनि आफ्नो प्रेमी प्रेमिकालाई पाउने कोशिष गर्छन् । यस्तो प्रेममा परेका जोडीहरु जात र परम्परालाई चुनौति दिँदै एक हुन्छन् ।

यस्तो प्रेममा परेका व्यक्ति चाहन्छन् कि उनी जससँग प्रेम गर्छन् उसले पनि आफूलाई त्यति नै प्रेम गरोस् जति आफूले उसलाई गरेको हुन्छ । यस्तो प्रेममा रहेकाहरुको रिलेनशनसिमा कहिलेकाँही जलनको कारण खटपट पनि पर्ने गर्छ ।

स्वयंलाई माया

यस्तो पनि भनिन्छ कि अरुलाई प्रेम गर्नुभन्दा पहिले स्वयं आफूलाई प्रेम गर्नुपर्छ । यसलाई साधारण भाषामा भन्नुपर्दा आफूलाई उपयुक्त लाग्ने (सुहाउने) प्रेम भन्दा पनि हुन्छ ।

यस्तो प्रेम गर्नेहरु आफ्नो आदर्श, आवश्यकता र भौतिक चाहनाबाट निर्देशित हुन्छन् । जस्तै कुनै साकाहारी केटीले साकाहारी केटालाई नै प्रेम गर्नु यसको उदाहरणका रुपमा लिन सकिन्छ । किनकी त्यहाँ तसको आदर्शले काम गरेको हुन्छ ।

निस्वार्थ माया

यस प्रकारको मायामा प्रेमीहरुले कसैका लागि कुनै पनि प्रकारको द्वेष राख्दैनन् । यस्तो प्रेम जोसुकैसँग पनि हुन सक्छ ।

यस्तो प्रेम कुनै पनि प्रकारको दायरको बन्धनमा बाँधिएको हुँदैन । जात, धर्म या उमेरले नै पनि यस्तो प्रेमममा कुनै रुकावट ल्याउन सक्दैनन् । बौद्ध धर्ममा यस्तो प्रेमलाई ‘यूनिभर्सल लभ’ भनिन्छ । यस प्रकारको प्रेममा शान्ति र खुसी प्राप्ती हुन्छ ।

एकतर्फी प्रेम

यस प्रकारको प्रेममा पीडाको अलावा अरु केही पाइँदैन । जसलाई प्रेम गरिन्छ त्यसलाई नै जानकारी नदिइ गरिने यस्तो प्रेममा प्रेमी तड्पिएरै पागल हुन्छन् ।

यस्तो प्रेम गर्नेहरु अक्सर साहित्यकार बन्छन् भन्ने गरिन्छ । यस्तो प्रेमबाट मानिसहरु डरउँछन् । तर यस्तो प्रेममा आधारित (वियोगान्त) कथाहरुलाई भने खुब मन पराइन्छ ।

स्वार्थी प्रेम

यो त्यस्तो प्रेम हो, जो एकतर्फी प्रेमभन्दा पनि बढी खतरनाक हुन्छ । आजकल यस्तो प्रेमलाई ‘स्मार्ट लभ’ पनि भन्ने गरिन्छ । किनकि यस्तो प्रेम गर्नेहरु आफ्नो स्वार्थबाट निर्देशित हुन्छ । र स्वार्थ पूरा गर्ने दाउमा हुन्छ ।

यस्तो भन्नु गलत नहोला कि यसप्रकारको प्रेमले ‘प्रेम’को पवित्रतालाई धुमिल बनाइदिन्छ । धेरैले स्थार्थबाट प्रेरित भएर गरिने प्रेमलाई धोकाको संज्ञा दिन्छन् ।