गण्डकी प्रदेश प्रहरी प्रमुखलाई कोरोना संक्रमण


पोखरा ।
गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।

कन्ट्याक ट्रेसिङका आधारमा स्वाब परीक्षण गरिकोमा आइतबार बिहान रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो।

नेपाल प्रहरीकाे सशस्त्र गणमा कार्यरत प्रहरीहरुमा काेराेना देखिएसँगै पाेखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारी जाेखिमममा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीमा १ महिना पहिला काेराेना देखिएपछि जिल्लाकाे सुरक्षाका लागि उक्त गणबाट प्रहरी खटिएका थिए ।

उताबाट फर्किएर क्वारेन्टाइनमा बसेका प्रहरीकाे काेराेना रिपाेर्ट पाेजेटिभ आएकाे थियाे ।

त्यही गणमा पार्टी खान पुगेका गण्डकी प्रदेशकै १ सांसदमा काेराना पुष्टि भएर अहिले हाेम आइसाेलेसनमा रहेका छन् ।