प्रहरीको उपस्थितिमा काँकडभिट्टा नाकामा खुलेआम रकम सटही

0
Shares

न्युज अफ नेपाल, भद्रपुर।

कानुन विपरीत काम गर्न कसैलाइ राज्यले अनुमति दिएको छैन । त्यस्ता गतिविधि रोक्न सुरक्षाकर्मी परिचालित गरिएको हुन्छ । तर सुरक्षाकर्मीकै उपस्थितीमा झापाको पूर्वीद्धार काँकडभिट्टा नाकामा खुलेआम भारु तथा नेरु रुपैयाँको सटही हुने गरेको छ । नेपाल प्रहरीसँगै दर्जनभन्दा बढी महिला सडकमा नै बसेर नेपालबाट भारत जाने भारतीय नागरिक र विषेश कामले पानीटङ्की चेकपोष्टसम्म जाने नेपालीहरुले रकम साट्ने गरेका छन् ।

काँकडभिट्टा चोकमा प्रहरीको चेकजाँच स्थल छ । सोही स्थानमा धेरै महिलाहरु ठेलामठेल गरेर ग्राहकलाइ भारु सटही गर्न व्यस्त देखिएका छन् । कोरोना महामारीका कारण प्रहरीले कुनै पनि स्थानमा समूह वनाएर नबस्नु भनेपनि त्यो क्षेत्रमा बसेका महिलाको बारेमा प्रहरी चुपचाप बसेका छन् ।

नेपाल तर्फबाट सो नाकामा पुगेका नागरिकलाइ उनीहरुले घेराहालेर भारु दिदै आएका छन् । एकअर्काको कारोबार गतिविधि प्रत्यक्ष रुपमा प्रहरीले देखेपनि कुनै अवरोध गर्दैनन । नेपालका विभिन्न स्थानबाट काँकडभिट्टा नाकाको प्रयोग गरी भारत जाने उनिहरुले भारतीय रुपैयाँ लिने गरेका छन् । सो स्थानमा सामान्य स्वास्थ्य मापदण्डसमेत प्रयोग गरेको छैन ।

रकमको लेनदेनमा मात्र उनीहरु व्यस्त देखिएका छन् । दैनिक सय भन्दा बढी मानिसको आवतजावत हुने गरेको चेकजाँचमा सीमा नाका मेचीपुलमा खटिएका सुरक्षाकर्मीको भनाइ छ । औषधि लिन मेची पुलबाट भारतीय चेकपोष्टसम्म जाने र भारतबाट सामान भारतको पोष्टसम्म आउने गरेकोले एक व्यत्ति वारपार गर्न नपाइने परिचालित प्रहरी कर्मचारी बताउँनुहुन्छ ।

भिडभाडका कारण कोरोना सङ्क्रमण हुनसक्ने स्थानीयको भनाइ छ । वर्षौ यताबाट झोले व्यापारीका कारण सटही काउण्टर मारमा परेको व्यवसायी मनोज पौडेल बताउँनुहुन्छ । प्रहरी प्रशासन,स्थानीय तह,बाणिज्य बैङ्क लगायतलाइ पटक–पटक जानकारी गराउदा समेत वास्ता नगरेको उहाँको आरोप छ । सडकमा नै रकम साट्ने भएपछि काउण्टरमा ग्रहाक नआएको उहाँको भनाइ छ ।

सीमा क्षेत्रमा कडाइ गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेल बताउँनुहुन्छ तर कार्यालय नजिकै प्रहरीकै उपस्थितीमा अवैध कारोबार भइरहेको उहाँले देख्नु भएको छैन । सडकमा रहेका त्यस्ता गतिविधि हुननदिन तत्काल प्रहरी खटाएर ईलाकामा उपस्थित गराइने उहाँको आश्वासन थियो ।