बिरामी बोक्ने एम्बुलेन्समा बालिका अपहरण, ३ जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, मोरङ ।

मोरङमा बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवक र दुई जना एम्बुलेन्स चालक पक्राउ परेका छन्।

पथरी-शनिश्चरे नगरपालिका ८ की १४ वर्षीया बालिका अपहरण गरेको आरोपमा सोही वडाका २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी-शनिश्चरे ६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका ६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ पक्राउ परेका छन्। अपहरणमा परेकी बालिकाको काभ्रे साँगाबाट सकुशल उद्दार गरीएको प्रहरीे जनाएको छ । एम्बुलेन्स चालक आचार्यले को२ च २८८२ नम्बरको एम्बुलेन्स र तामाङले को२च ३१२१ नम्बरको एम्बुलेन्सका चलाउछन् ।

अपणमा परेकी बालिकाकी आमाले भदौ १६ गते एक माइक्रो फाइनान्सबाट दुई लाख रुपैयाँ पैसा झिकेको कुरा रणपहेलीले थाहा पाएका थिए । सो पैसाकसहित बाहिकालाई आफूसँग जान रणपहेलीले धम्कि दिए । ज्यान मार्ने धम्की दिएपछि बालिका १७ गते पैसा लिएर निस्किन तयार भइन् । रणपहेलीले बिरामी बोकेर काठमाडौं जाँदै गरेको चालक आचार्यको को२च २८८२ नम्बरको एम्बुलेन्समा बालिकालाई राखे ।

पैसा र बालिका दुबै हराएपछि आमाले प्रहरीमा उजुरी गरिन्। उजुरी परेलगत्तै प्रहरीले खोजतलास सुरु गर्‍यो । सो क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले साँगा चेक प्वाइन्टबाट बालिका र एम्बुलेन्सलाई समात्न सफल भएको थियो ।