एनओसीले कोभिडको बीमा गर्ने

0
Shares

काठमाडौं, (नेस)

नेपाल ओलम्पिक कमिटी (एनओसी)को शनिबार जुममार्फत बसेको बोर्ड बैठकले ओलम्पियन, ओलिम्पिक तयारीमा रहेका खेलाडी र प्रशिक्षकहरूको कोभिड–१९ को बीमा गर्ने निर्णय गरेको छ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको आतिथ्यतामा भएको सो बैठकले एनओसीका पदाधिकारीसँगै एनओसीका जिए, ईबी र कमिसन सदस्यहरूको पनि कोभिड–१९ को बीमा गर्नेे जानकारी गराएको छ।

यस्तै, बैठकले पहिलो अन्तर्राष्ट्रिय पदक प्राप्त जितबहादुर केसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै एनओसीका सदस्यहरू कोभिडबाट मुक्त भएकोमा बधाई पनि दिएको छ।