अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्ड २ रनले विजयी

0
Shares

लन्डन, (एजेन्सी)

एजिस बाउलमा खेलिएको अस्ट्रेलियाविरुद्धको पहिलो टी–२० खेलमा इंग्ल्यान्डले २ रनको रोमाञ्चक जित हात पारेको छ।

शुक्रबार राति भएको खेलमा अस्टे«लियालाई १ सय ६३ रनको विजय लक्ष्य दिएको इंग्ल्यान्डले विपक्षीलाई ६ विकेट दिएर १ सय ६० रनमा रोकेको हो। जबकि अस्टे«लियाका लागि ९ विकेट बाँकी रहँदै ३८ बलमा ३९ रन बनाउनुपर्ने सहज स्थिति थियो। तर, इंग्ल्यान्डका बलरले घातक बलिङ गरेर अस्टे«लियालाई हार चखाएका थिए। यो जितसँगै इंग्ल्यान्डले ३ खेलको टी–२० सिरिजमा १–० को अग्रता लिएको छ।

एस्टन अगार १९औं ओभरको पहिलो बलमा १ रनमै रनआउट भएका थिए। उनी आउट भएपछि भ्रमणकारी टोली अस्ट्रेलियाले ६ बलमा १५ रन बनाउनु आवश्यक भएको थियो। मार्कुस स्टोनिसले टम कुरानको दोस्रो बलमा छक्का प्रहार गरेका थिए। तर, ४ बलमा ९ रनको जरुरी हुँदा ६ रन मात्रै जोडेपछि इंग्ल्यान्डले रोमाञ्चक जित हासिल गरेको थियो। स्टोइनिसले २३ रनमा नटआउट रहे पनि टोलीलाई जित दिलाउन सकेनन्। इंग्ल्यान्डको तर्फबाट आर्चर र रसिदले २/२ विकेट लिएका थिए।

अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान जोडी डेभिड वार्नर र आरोन फिन्चले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गर्दै सानदार शुरुआत दिलाएका थिए। फिन्च ४६ रन बनाएर जोफ्रा आर्चरको बलमा आउट भएका थिए। त्यसपछि स्मिथ १८ रन बनाएर आदिल रसिदको बलमा बेयरस्टोद्वारा क्याच आउट हुन पुगे। रसिदकै सोही ओभरमा ग्लेन म्याक्सवेल व्यक्तिगत १ रनमा पवेलियन फर्केका थिए।

तर, आर्चरले वार्नरलाई शिकार बनाएपछि इंग्ल्यान्डले खेलको नतिजा आफ्नोतिर ढल्काउन शुरू गरेको थियो । वार्नरले ५८ रनको योगदान दिएका थिए। ४ रन जोड्दा मार्क वुडले एलेक्स केरीको विकेट लिएपछि अस्टे«लिया थप दबाबमा परेको थियो। १/१२४ को राम्रो स्थितिमा रहेको अस्टे«लियाले ९ रनका लागि ४ विकेट गुमाएपछि ५/१३३ को कमजोर स्थितिमा पुगेको थियो। यद्यपि, अगार र स्टोनिसले १५ रनको साझेदारी गरेर स्कोर १ सय ४८ सम्म पु¥याएका थिए ।

यसअघि घरेलु टोली इंग्ल्यान्डले डेबिड मालानको ६६ रन र जोस बटलरको ४४ रनको सहयोगमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो। प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्टो व्यक्तिगत ८ रनमा पेट कमिन्सको बलमा आउट भएका थिए। त्यसपछि आएका मालानले बटलरलाई राम्रो साथ दिएका थिए। तर, उनीहरूले २१ रनको मात्रै साझेदारी गर्न पाए।

बटलर आउट भएपछि मालानलाई अर्को इन्डबाट कोही पनि ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन्। टम बेन्टन ८ रन, कप्तान आयन मोर्गान ५ रन, मोइन अली २ रन र टम कुरान १ रनमा आउट भएका थिए। यी शीर्ष खेलाडी आउट हुँदा इंग्ल्यान्डले ६ विकेटको क्षतिमा १ सय २४ रन मात्रै बनाउन सकेको थियो। तर, क्रिस जोर्डनसँग मालानले सातौं विकेटका लागि २३ रनको महत्वपूर्ण साझेदारी गरेपछि टोली सुरक्षित स्कोरतर्फ अग्रसर भएको थियो। मालान सातौं विकेटको रूपमा आउट भए भने जोर्डान १४ रनमा नटआउट भएका थिए। अस्टे«लियाको बलरमा अगार, रिचर्डसन र म्याक्सवेलले २/२ विकेट प्राप्त गरेका थिए।