मदिरा सेवन गरी आफ्नै बाबु आमामाथि चक्कु प्रहार, छोरा पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ ।

चन्द्रागिरी नगरपालिका–१ झ्याङ्गाझिटीमा मदिरा सेवन गरी आफ्नै बाबु आमालाई चक्कु प्रहार गर्ने एक जना पक्राउ परेका छन् ।

३२ वर्षी श्री तामाङको छुरा प्रहारबाट ५३ वर्षीय बाबु श्याम कुमार तामाङ र ४८ वर्षीया आमा विष्णु तामाङ घाइते भएका छन् । मदिरा सेवन गरेर आफनै आमाबाबुलाई चक्कु प्रहार गर्ने श्री तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

घाइते दम्पतीको कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।