रक्तदान कार्यक्रममा १०१ जनाद्वारा रक्तदान

0
Shares

यमलाल भुसाल, बुटवल ।

रगतको अभाव हुन नदिन बुटवलमा क्रियाशिल नियमित रक्तदाता संघले शनिवार गरेको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन ।

कोरोनाको माहामारी र लकडाउनको समयमा पनि रक्तदाताहरुको यस्तो उत्साह हुनुले समाजिक कार्यमा नियमित रक्तदाता संघले गरेको कार्यको योगदान महत्वपुर्ण नै भएको तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारीले बताउनु भयो ।

रक्तदान कार्यक्रममा अध्यक्ष भण्डारीले रगतको अभाव हुन नदिनका लागि संघसंग सधै तिलोत्तमा उद्योग वाणिज्यसंघ हातेमालो गर्न तयार रहेको समेत बताउनु भयो ।

नियमित रक्तदाता सरोज शिलवालको मृत्यु पछि सुसुप्त अवस्थामा रहेको नियमित रक्तदाता संघ १३ वर्ष पछि पुन: संचालनमा आएसंगै विगत केही महिना देखि हरेक महिनाको तेस्रो शनिवार नियमित रक्तदान गर्ने गरेको अध्यक्ष दया बहादुर सिलवालले बताउनु भयो ।

संस्था पुनर जिवित भएपछि हरेक महिनाको तेस्रो शनिवार गर्ने रक्तदान कार्यक्रममा अन्तर्गत १०१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रेम बहादुर सुनारले बताउनु भयोे ।

संस्थाका संह संयोजक लेखनाथ भण्डारीले रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस भनी संस्थाले हरेक महिना नियमित रुपमा रक्तदान गर्ने गरेको र रगतको अभाव भएमा आकषमिक रुपमा रक्तदान गराएर अभावलाई समाधान गर्ने गरि कार्य योजना बनाएको समेत बताउनु भयो । रक्तदान कार्यक्रममा समाजसेवि विमल बहादुर शाक्य, संस्थाका सल्लाहकार सुरेन्द्र शाक्य लगायतको उपस्थिती रहेको थियो ।

रक्तदान कार्यक्रममा रक्त संचार सेवाकेन्द्रका निरन्जन राज भण्डारीको नेतृत्वको टोलीले प्राविधिक सहयोग गर्नु भएको सचिव महेश खनाल बताउनु भयोे ।