निजी अस्पतालको कोरोना रिपोर्टले भुक्तानी नदिन बिमा समितिको निर्देशन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

निजी अस्पतालमा गरिएको कोरोना परीक्षण रिपोर्ट अनुसार बिमा कम्पनीले भुक्तानी दिनु नपर्ने बिमा समितिले जनाएको छ ।

कोरोना बिमा मापदण्ड २०७७ को परिच्छेद ३ को दफा ११ अनुसार नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तरगतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएमा मात्र भुक्तानी गर्ने गरी व्यवस्था गर्नु हुन थप स्पष्ट गरिएको व्यहोरा अनुरोध गरिन्छ,’ समितिले जारी गरेको पत्रमा निर्देशन दिइएको छ ।

निजी अस्पतालबाट आएको रिपोर्ट नक्कली हुने गरेको आशंका गर्दै बिमा समितिले उक्त निर्देशन दिएको हो । सरकारी ल्याबबाट गरिएको परीक्षणमा नेगेटिभ र सोही व्यक्तिले निजी ल्याबमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको देखिएको भन्दै समितिले निजी प्रयोगशालाको परीक्षणलाई मान्यता नदिन भनेको बताइएको छ ।यस्तै, सरकारी प्रयोगशालामा गरीएको पीसीआर पोजिटिभ देखिएमा ७ दिन दिनभित्र दाबी भुक्तानी गर्नुपर्ने जनाइएको छ ।