च्यारिटीका लागि २४ घन्टे पौडी


शिकागो, (एजेन्सी) ।

अमेरिकाको इलिनोइस डायबिटिज च्यारिटीका लागि अर्थ संकलन गर्ने उद्देश्यले एकजना लामो दुरीका महिला पौडिवाजले लेक मिचिगनमा लगातार चौबिस घन्टा पौडी खेलेकीछन् ।

सन् २०१२ मा इंगलिस च्यानल पार गरेकी मारियान कार्डवेलले शुरुमा शिकागोको लेक मिचिगन देखि मिचिगनको ग्रान्ड हाभेनसम्म लगातार पौड्ने योजना बनाएकी थिइन् ।

तर कोभिड १९ महामारीको कारण उनको त्यो योजना विथोलिएको थियो । नले इलिनोइसको विल्मेटेमा यसरी लगातार २४ घन्टा पौडेर शिकागो डाइविटिज प्रोजेक्टका लागि १० हाजार अमेरिकी डलर सकलन गरिदिएकी छन् । उनले अब उनको सनु २०२१ मा सबैभन्दा लामो दूरी पौडेर विश्व किर्तिमान राख्ने योजना रहेको बताएकीछन् ।