लकडाउनमा व्यस्त चंगा व्यापारी


नयाँदिल्ली, (एजेन्सी) ।

मोहमद अहमदले चँगा बेच्न थालेको पनि एघार वर्ष नाघिसक्यो । तर यस अघि उनी अचेल जस्तो कहिल्यै यति धेरै व्यस्त हुनु परेको थिएन। कोरोना भाइरस महामारीकै कारण विगत छ महिनादेखि भारतको राजधानी दिल्ली स्थित उनको चँगा पसलमा भिड बढेको हो ।

मोहमद भन्छन् , ‘ एकै दिनमा कूल एक लाख पचास हजार भाारु सम्मको चंगा बेचने गरेको छुं । चंगा अर्डरका लागि फोन उठाउँदा उठाउँदै हातै गल्छ । अझै पनि चंगाका लागि महाराष्ट्र , तमिलनाडु र राजस्थान लगायत देशभरिबाट अर्डर आइरहेको छ । मैले सबैका माग पुरा गन सकिरहेको छैन । ’

कोरोनाको मार बढिरहेकोबला इटालियनहरुले वार्दली र झ्यालमा बसेर आफ्नो उत्साह बढाउन गीत गाएका थिए भने भारतिय हरु भने छत छतमा बसेर चंगा उडाइरहेका छन् । मुम्बइ स्थित अर्का चंगा बिक्रेता एहसान खानका अनुसार देशमा चंगाको स्टकै खतम हुँदैछ । एहसान भन्छन् , ‘ अप्लि देखि अगष्ट बिचको चंगाको बिक्रि निकै पातालो हुने गर्दथ्यो । तर यो वर्ष त्यस अवधि भित्रै मैले करिव ५ लाख भारुको चैगा बेचिसके. । लकडाउनको समय पाकिस्तानमा पनि चंगाको माग निकै बढेको छ । मलाई पाकिस्तानका कराँची र लाोर शहरबाट पनि चंगाका लागि अर्डर आइरहेको छ । तिनीहरु सामान्य मूल्यभन्दा दोब्बर पैसा तिर्न तयार छन् । ’

चीनमा फुर्सदको समयमा चंगा उडाएर मनोरनजन लिने चलन धेरै पुरानो हो । इतिहासविदहरु चंगा उडाउने चलन चिनियाँ पर्यटकहरुले भारतमा भित्राएको दावी गर्छन् ।