रुसी कोरोना खोपको प्रतिवेदन सार्वजनिक, सकारात्मक परिणाम


मस्को, (एजेन्सी) ।

रुसी बैज्ञानिकहरुले आफुहरुले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपमाथि भएको प्रारम्भिक परिक्षणले शारिरीक प्रतिरोधबारे देखाएका संकेतहरु समेटिएको पहिलो प्रतिवेदन शनिवार सार्वजनिक गरेको छ । मेडिकल जर्नल दि लान्सेटमा प्रकासित सो प्रतिवेदनमा परिषणमा संलग्न प्रत्येक सहभागीमा भाइरस विरुद्ध लड्ने एन्टिबडी विकास भएको तथा त्यास्तो कुनै गम्भीर साइड इफेक्टहरु नदेखिएको जनाइएको छ ।

रुसी सरकारले यस खोपको स्थानिय स्तरमा प्रयोग गर्न गत अगष्टमा नै अनुमति दिएको थियो । खोप सम्बन्धी आवश्यक तथ्याँकहरु बहिरिनु अघि नै खोप प्रयोगका लागि तयार हुने रसिया विश्वकै एक मात्र पहिलो मुलुक हो । तर अझै पनि स्वास्थ विशेषज्ञहरुले यस खोपको प्रभाबकारिता र सुरक्षा प्रमाणित गर्न अझै धेरै परिक्षणको आवश्यकता रहेको औल्याएक छन् ।

तर ति समीक्षकहरुलाइ सिधा उत्तर दिने हिसाबले मस्कोले खोपको परिणमलाई निकै प्रशंसा गरेको छ । केहि पश्चिमी विशेषज्ञहरुले रसियाको खोप निर्माण सम्बन्धी कामको तिव्रतालाई लिएर चिन्ता व्यक्त गर्नुका साथै अनुसनधानकर्ताहरुले हडबड गरेको हुनसक्ने बताएका छन् ।

गत महिना रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले खोपले आवश्यक सम्पूर्ण परिक्षण पार गरेको तथा आफ्नी एक छोरी माथि समेत यो खोप प्रयोग गरिएको बताएका थिए । दि लान्सेटका अनुसार स्पुटनिक – ५ नामक खोपको दुई वटा परिक्षण जुन र जुलाई महिनाबिच गरिएको थियो ।

सो परिक्षणमा संलग्न ३८ जना स्वस्थ स्वयमसेवक मध्ये प्रत्येकलाई सो खोप दिइएको तीन साता पछि एउटा वुस्टर खोप दिइएको थियो । १८ देखि ६० वर्ष उमेर समुहका ति स्वयम सेवकलाई ४२ दिन सम्म अवलोकन र अनुगमनमा राखिएको थियो ।

तिनीहरु सबैमा तीन साता भित्र एन्टिबडी विकास भएको थियो । अधिकांशमा टाउको र जोर्नीहरु दुख्ने जस्ता एउटै साइड इफेक्ट देखिएको बताइएको छ । खोपको तेश्रो चरणको परिक्षणमा विभिन्न जोखिम र उमेर समुहका ४० हजार स्वयम सेवक सरिक हने बताइएको छ ।