कोरोना संक्रमणले जिल्लाका चारवटा कार्यालय बन्द, प्रमुख देखि सहयोगीसम्म संक्रमित

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

कोरोना संक्रमण फैलदै जाँदा जिल्लाका चारवटा कार्यालय अनिश्चितकालका लागि बन्द गरिएका छन् । यस अघि अत्याधिक भिडभाड हुने जिल्लाका तीन वटा कार्यालय बन्द भएका थिए । १३ वटै स्थानीय तहले अनिश्चितकालका लागि सेवा बन्द गरेका छन् ।

कोरोना संक्रमणका कारण बन्द हुने कार्यालयहरुमा राष्ट्रिय पुनर्निमाण प्राधिकरण अन्र्तगतको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन), घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय बाणिज्य बैक धुलिखेल शाखा र स्वास्थ्य चौकी काभ्रे भञ्ज्याङ्ग रहेका छन् ।

आयोजना कार्यान्वयन इकाई(भवन) मा कार्यरत कर्मचारी भक्तपुर र काभ्रेमा कार्यरत छिन् । उनी स्वाव दिनु एक घण्टा अघिसम्म भक्तपुरको कार्यालयमा कार्यरत थिईन भने भदौ १५ गते साँझसम्म काभ्रेको भुम्लु १० पुगेकी थिईन् । उनले कार्यालयका सम्पूर्ण कर्मचारीहरु भेटघाट गरिरहेकी थिईन् । भक्तपुर कार्यालयमा कार्यरत रहँदा रहँदै केहि दिन सुमेरु अस्पतालमा भर्ना भएकी आफ्नै सासुको निधन भएको र उहाँको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टी भए पछि उनी र उनका श्रीमान, घरमा काम गर्ने कर्मचारीको समेत परिक्षण गरिएको थियो । परिक्षणका क्रममा श्रीमान, श्रीमती दुबैको कोरोना संक्रमण पुष्टी भएको थियो । सासुको किरियासँगै उनीहरु दुबै जना कोरोना संक्रमणबाट बच्न एकान्तबास बसिरहेका छन् ।

दुबै कार्यालयका कर्मचारीहरुमा भने छटपट्टि शुरु भएको छ । उनीमा १५ गते देखि नै लक्षण देखिए पनि कार्यालयमा नियमित आउने जाने गरिरहेकी थिईन् । एउटै ब्यक्ति दुईवटा कार्यालयमा कार्यरत रहेकाले उनको सम्पर्क धेरै ब्यक्तिसँग हुने गरेको थियो । दुबै कार्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । भुकम्प पछिको आवास र भवन पुनर्निमार्णमा इन्जिनियर खटाउने र पुनर्निर्माणको भेरिफाई सोहि कार्यालयबाट हुँदै आएको थियो । नागरिकहरुको अत्याधिक गुनासो भए पनि सम्बोधन नहुने कार्यालयमा उक्त कार्यालय पर्दै आएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय काभ्रेमा प्रशासनमा कार्यरत एक जना कर्मचारीमा संक्रमण देखिएको थियो । उनलाई लक्षण मिलेकाले परिक्षण गरिएको थियो । श्रीमान घरेलु तथा साना उद्योग कार्यालय र श्रीमती स्वास्थ्य चौकीमा कार्यरत रहेकाले दुबैमा मिल्दाजुल्दा लक्षण थिए । तर श्रीमान विरामी नै भएकाले स्वाव परिक्षणका लागि दिएर पनि विभिन्न अस्पतालमा उपचारका लागि धाईरहेका थिए । टाईफाईडको औषधी सेवन गरिरहेका उनलाई अहिले धुलिखेल अस्पतालको आईसोलेसनमा उपचारार्थ राखिएको छ । उक्त कार्यालय पनि अनिश्चितकालका लागि बन्द भएको कार्यालय प्रमुख केशवप्रसाद पुडासैनीले जानकारी दिनुभयो ।

राष्ट्रिय बाणिज्य बैक धुलिखेलमा कार्यरत एकजना कर्मचारीमा पनि संक्रमण देखिएसँगै अनिश्चितकालका लागि बैकको सेवा बन्द गरिएको छ । कार्यालय प्रमुख विनोद सापकोटाका अनुसार बाँकी रहेका कर्मचारीहरुको परिक्षण गरेर संक्रमण भए नभएको पुष्टी नहुँदासम्म कायाृल्य बन्द रहनेछ । स्वास्थ्य चौकी काभ्रे भञ्ज्याङ्गमा कार्यरत कर्मचारीमा पनि संक्रमण देखिएकाले अनिश्चितकालका लागि सेवा बन्द गरिएको धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो । नमोबुद्ध नगरपालिकाका कर्मचारीमा पनि संक्रमण देखिएको छ । उक्त नगरपालिका दुई जना कर्मचारीमा संक्रमण देखिएको हो । स्थानीय सरकारहरुले नागरिकहरुलाई अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिरहेका छन् ।

जिल्ला कमाण्ड पोष्टले केहि साता अघि नै जिल्लामा अत्याधिक ब्यस्त रहने मालपोत, नापी र आन्तरिक राजश्व कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । अन्य कार्यालयहरुले पनि आन्तरिक कार्य गरिरहेका छन् । स्वाव परिक्षणका लागि दिएर खुलेआम हिडिरहने कारण थप संक्रमण फैलदै गएको निश्कर्ष स्वास्थ्यकर्मीहरुले निकालेका छन् ।