ट्रम्पकी प्रेस सचिवलाई किमले आँखा झिम्क्याए


वासिंगटन (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्व प्रेस सचिव सारा सेन्डर्सले उत्तर कोरियाका नेता किम जोंग उनमाथि गम्भिर आरोप लगाएकी छन् । सिंगापुरमा ट्रम्प र किमबीचको भेटवार्ताका क्रममा उत्तर कोरियाली नेताले आफुलाई आँखा झिम्क्याएको साराले बताइन् ।

ट्रम्पको यो सिंगापुर भ्रमण ऐतिहासिक थियो र उनले पहिलो पटक किम जोंग उनसँग प्रत्यक्ष भेटवार्ता गरेको थियो । उक्त भ्रमणमा ट्रम्पसँगै रहेकी साराले आफनो किताब स्पिकिंग फर माइसेल्पमा उक्त दावी गरिएको हो । साराले लेखेकी छन् ( हाम्रो पहिलो पटक सिधा आँखा जुधेको थियो र किमले पनि इसारा गरे । त्यसपछि यसतो लागे कि उत्तर कोरियाली नेताले उनलाई आँखा झिम्क्याए । म स्तब्ध भएँ र तल तिर हेरिहालेँ र टिप्पणी लिनथालेँ ।

यो के भएको हो भन्ने विषमा आफु सोचमा डुबेको उनले बताइन् । निश्चित रुपमा किम जोंग उनले आफुलाई मात्र हरेको होइन भन्ने मलाइ लाग्यो ।

यो घटना त्यतिबेला भयो जब ट्रम्प र किम जोंग उन खेलमा विशेष गरी महिला स्पोर्टसमा चर्चा गरिरहेका थिए । त्यसपछि डोनाल्ड ट्रम्पले सारासँग ठट्टा गरेका थिए । उत्तरकोरियाली नेता उनलाई लग्न चाहेको हो कि भन्ने आफुलाई लागेको राष्ट्रपति ट्रम्पले भनेका थिए । ‘किम जाेंगको मनमा तिमी बसे जस्तो छ । उनले त्यस्तो गर्यो । सारा तिमी नर्थ कोरिया गइरहेकी छौ । तिम्रो पति र बच्चाले तिमीलाई सम्झिने छ । तिमी अमेरिकामा हिरो बन्नेछौ । ’

यस क्रममा ट्रम्प र उनका प्रमुख सचिव मज्जाले हाँसेका थिए । ट्रम्पको यस ठट्टामा साराले जवाफमा भनेकी थिइन् ( सर प्लिज यस्तो कुरा नगर्न होला ।

यस ऐतियासिक भेटवार्ताका क्रममा ट्रम्प र किम जोंग उनले परमाणु हतियार परित्याग गर्ने विषयमा छलफल गरेको थियो । त्यसपछि दुईबीच भियतनामा र दक्षिण कोरिाली सीमामा भेटेका थिए । उत्तर कोरियाले आफनो परमाणु हतियार कार्यक्रम परित्याग गर्न अस्विकार गरेकोले ती वार्ताहरु विफल भएका थिए ।