बिवाहपछि किन मोटाउछन् केटी ? यस्तो रहेछ कारण


तपाईले स्कुल र कलेजमा देखेका केटी साथीलाई विवाह पछि देख्नु भयो भने चिन्न समस्या पर्छ होला । उनीहरुको शरीर निकै मोटाएको पाउनु हुन्छ होला ।

अक्सर तपाई विवाहपछि महिलालाई मोटाएको देख्नु भएको होला ।

तर विवाहपछि किन महिला मोटाउने गर्दछन् त खासमा विवाहपछि महिलामा घरगृहस्थीको कामकाजले दैनिक जीवन बदलिने गर्छ । उनीहरु प्रेम वा विवाहको तनावबाट मुक्त हुन्छन्न् ।

अब राम्री देखिनुभन्दा पनि स्वास्थ्य रहनुपर्छ भन्ने मानसिकता विकास हुन्छ । विवाह अघि डाइटिङ गर्नेहरु विवाहपछि शरीरको चासो लिदैनन् । जसका कारणले महिलाहरु विवाहपछि मोटाउँने गर्दछन् ।

कतिपय महिलाले विवाह अघिसम्म मात्र सुन्दर हुनुपर्छ भन्ने सोचाई हुने गर्दछ । विवाहपछि भने उनीहरु सुन्दर बन्न खासै प्रयत्न गर्दैनन् ।

हुनत ब्यस्तताका कारणले पनि आफुलाई फिट बनाउन महिलाले सकिरहेका हुदैनन् । तर जुन आर्कषक शरीर देखेर श्रीमानले मन पराएरका हुन्छन् उनिहरु पछिसम्म पनि त्यहि फिटनेस आफ्नो श्रीमतीमा खोज्ने गर्दछन् ।

तर श्रीमती मोटाएको कारणले श्रीमानको आर्कषण घट्ने गर्दछ । यसले उनीहरुमा नैराश्यता समेत उत्पन्न गराउँछ । र त्यहि नैराश्यता श्रीमान श्रीमतीबीचमा मनमुटाव बढाउने कारण पनि बन्न सक्छ ।

यस्ता छन् विवाहपछि मोटोपना घटाउने १५ उपाय

मोटोपन घटाउन नियमित टाइमटेबल तथा सेड्युल तयार पारेर समय दिनु पर्दछ ।

सकेसम्म चिल्लो, तारेको, भुटेको, मसलेदार खानेकुरा खान त्याग्नुहोस् ।

नियमित झन् मोटाउदै जानु भएको छ भने उसिनेको खानेकुरा मात्र सेवन गर्नुहोस् ।

बाहिर होटल तथा रेष्टुरेन्टको खानेकुरा, फास्टफूड, जंकफूड नखानुहोस् ।

एकै पटक धेरै खाने नगर्नुहोस् बरु थोरै थोरै तर धेरै पटक खानुहोस् ।

विहान विहान पैदल हिँड्न प्रयास गर्नुहोस् साथै हल्का कसरत पनि गर्नुहोस् ।

ओखर, दहि सेवन गरेमा पनि केहि हदसम्म मोटोपना कम हुन जान्छ ।

खानामा सकेसम्म बढि मात्रामा तरकारी र खाजामा फल खाने बानि बसाउनुहोस् ।

विवाहपछि महिलाहरु व्रत बस्ने गर्दछन्, धेरै व्रत बसेमा समेत मोटाउने गरीन्छ ।

दैनिक गर्ने कार्य र खानाको समेत तय गरी सुचि बनाउने ।

विहान आधाघण्टा जगिङ्ग जाने वा वर्कआउट गर्ने ।

आफ्नो वजन घटाउन पार्टनरबाट उत्प्रेरणा माग्ने ।

नियमित रुपमा पहिलेका पहिरन लगाई आफुमा आएको परिवर्तन हेर्ने ।

व्लड प्रेशर, सुगर लगायतका स्वास्थ्य समस्या नियमित परीक्षण गर्ने ।

मोटोपना घटाउन खाना कम गर्ने र ब्यायाम ज्यादा गर्नुहोस् ।