बेसारका यस्ता छन् ६ चमत्कारिक फाइदा


बेसार हाम्रा लागि भान्सामा नियमितजसो प्रयोग हुने मसला हो । हामीले खानामा बेसारको प्रयोग गर्ने गर्दछौँ ।

धेरै मानिसले बेसारलाई खानाको र‌ंग राम्रो बनाउने र स्वाद सुधार गर्ने मसलाको रुपमा मात्रै बुझ्ने गर्छन् । तर, कमैलाई मात्र थाहा हुोला कि यो एक औषधि पनि हो ।

बेसारले हामीले खाने खानामा भएको नदेखिने जिवाणु मार्ने गर्दछ । तर यसको अलवा, बेसारको धेरै गुण रहको छ । दिनहुँ बेसारयुक्त खाना खानाले हाम्रो शरिरमा यी चमत्कारिक परिवर्तन पाइने छ ।

– बेसारमा हाम्रो शरिरमा भएको रोगसँग लड्ने क्षमताको विकास गर्दछ । यदि बेसार खाने हो भने कुनै घाऊ, चोटपटक लागेको पनि छिट्टै निको हुने गर्दछ ।

– बेसारले बुढेसकालमा हुने रोग, त्यस्तै, मोटोपन, एसिडिटीको कम गर्नुको साथै शरिरमा नचाहिँने विकारको पनि नियन्त्रण गर्दछ ।

– बेसारले दिमागी क्षमतामा विकास गर्दछ । दिनहुँ बेसार खानाले स्मरण शक्ति तेज हुनुको साथै सोच्ने शक्तिको पनि विकास गर्दछ ।

– बेसार खानाले हृदयघाटबाट बच्न सकिन्छ ।

– बेसारले क्यान्सरजन्य रोगलाग्न बाट नियन्त्रण गर्दछ । शरिरमा अनावश्यक रुपमा बढ्ने मासुको डल्ला (ट्युमर)को पनि बेसार खानाले रोकथाम गर्न सकिन्छ ।

– बेसार खानाले विभिन्न दुखाई पनि कम हुने गर्दछ ।

यसको साथै बेसारले रक्त सञ्चार प्रणालीलाई आवश्यक अनुसार नियन्त्रण पनि गर्दछ । यदि बेसारमा मरिच मिसाएर खाने हो भने रक्तचाप पनि नियन्त्रण हुने गर्दछ ।