विहान घरमा शंख बजाउनुस् यस्ताे पुग्छ फाइदा


हिन्दुधर्ममा शंख वा शंखध्वनीको निकै धेरै महत्व छ । बिहानको पूजापाठ होस् वा कुनै धार्मिक कार्यक्रम विना शंखध्वनी अधुरो हुन्छ ।

तर शंख किन बजाइन्छ ? र यसको फाइदा के होला ? यसबारे भने धेरैलाई जानकारी नहुन सक्छ । शंख बजाउनुको खास अर्थ, महत्व र फाइदा छ । शास्त्र अनुसार समुन्द्र मन्थनका बेला चौध रत्न प्राप्त भएको थियो । जसमध्ये शंख एक थियो ।

शंख राख्नु र बजाउनुको फाइदा :

१. शंख घरमा राख्नु वा बजाउनु शास्त्र अनुसार शुभफलदायक हुन्छ ।

२. शंख बजाउँदा पैदा हुने ध्वनीले वातावरणमा रहेको हानिकारक जीवाणु नष्ट हुन्छ ।

३. शंख बजाउँनेहरुको फोक्सोको व्यायाम हुन्छ । यसले फोक्सोमा लाभ दिलाउँछ ।

४. दमका रोगीलाई पनि शंख बजाउँनु लाभदायक हुन्छ ।

५. शंखमा पानी संचित गरेर त्यसलाई पिएमा शरीरमा क्याल्शियम, फस्फोरस प्राप्त हुन्छ ।

६. शंखबाट प्राप्त हुने तत्वले हड्डी तथा दाँतमा लाभ पुर्याउँछ ।

७. वास्तु अनुसार शंखमा घरमा सकारात्मक उर्जा प्रवाह गर्ने शक्ति हुन्छ ।

८. कब्जियत हुनेहरुले शंखमा पानी भरेर बिहान खाली पेटमा सेवन गरे कब्जियत निको हुन्छ ।

९. एक रात शंखमा राखेको पानीले आँखा धोएमा आँखाको रोगबाट मुक्ति मिल्छ ।

१०. शंखमा राखिएको पानीले अनुहारमा मसाज गर्दा प्राकृतिक चमक आउँछ ।

११. शंखमा राखिएको पानीमा गुलाबजल मिसाएर कपाल धोएमा बलियो, मुलायम र बाक्लो हुन्छ ।

के हो शंख ?

समुन्द्र मन्थनबाट प्राप्त भएको चौदह रत्नमा एक रत्न हो, शंख । हिन्दु धर्ममा शंखको खास महत्व छ ।

यसलाई माता लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ ।

शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने विश्वास गरिन्छ । यसले धर्तीलाई जागृत गराउँछ ।

शंख मूख्यतः तीन प्रकारको हुन्छ, दक्षिणावर्ती, मध्यावर्ती र वामावर्ती । यसमध्ये मध्यावर्ती शंख एकदमै दुर्लभ हुन्छ ।