ललितपुरका दुई ठाउँ निषेधित क्षेत्र घोषणा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका दुई ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

रातो मछिन्द्र नाथको रथ रहेको पुल्चोक क्षेत्र र मिन नाथ रथ रहेको मंगलबजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । सो क्षेत्रमा पाँच जना भन्दा मानिस भेला भएकमा कारवाही गरिने प्रशासन कार्यालयले जनाएको छ । २६ गतेसम्मलाई बिहान ५ बजेदेखि राति १० बजेसम्म यी दुई क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।

यस्तै, शुक्रबार बिहानबाट लगाइएको कफ्र्यु राति १० बजेबाट हटाइने भएको छ ।