कोरोना महामारी राजनीतिकरण हुँदा विश्वव्यापी संकट निम्तिएको छ : बिल गेट्स


माइक्रोसफ्टका मालिक बिल गेट्सले कोभिड–१९ महामारी अझैँ एक वर्षसम्म अन्त्य नहुने बताएका छन् । दि इकोनोमिस्ट पत्रिकाका प्रधान सम्पादक जेन्नी मिन्टोन बेदोइससँगको अन्तर्वार्तामा उनले यो महामारी अन्त्य हुँदासम्ममा विश्का थप दसौँ लाखौँ मानिसको मृत्यु भइसक्ने जनाएका छन् ।

गेट्सका अनुसार लाखौँ मानिसको मृत्यु भाइरसका कारण मात्र नभएर आर्थिक गतिविधिका कारण पनि हुनेछ । यस्तै, अमेरिकामा यस भाइरसलाई जसरी राजनीतिकरण गरिएको छ त्यस प्रकारका गतिविधि र षडयन्त्रले नै महामारीले विकराल रुप लिएको उनले बताएका छन् । यस्ता प्रकारका गतिविधि रोकिए मात्र रोग नियन्त्रणमा सफल हुने उनको धारणा छ । उनको अनुमानमा सन् २०२१ को अन्त्य हुनु अगावै यस भाइरसविरुद्ध प्रभावकारी खोप उत्पादन हुन सक्छ ।

‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’ का सञ्चालक समेत रहेका उनले यस अघि नै महामार नियन्त्रणका लागि चालिएका कदमहरुमा सहयोग गर्दै आएका छन् ।