न्युज अफ नेपाल, काठमाडौँ ।
कोरोना संक्रमणबाट नेपाली कांग्रेसका एक नेताको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं नागार्जुन नगरपालिका–५ का पूर्वसभापति चन्द्रबहादुर पुतुवार ९लालु० रहेका छन् । पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय पुतुवारको शुक्रबार बिहान मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि गत साउन ३२ गते अस्पताल भर्ना भएका उनमा कोरोना देखिएको थियो ।
पुतुवार मिर्गौला र निमोनियाको बिरामी समेत रहेको अस्पतालले जनाएको छ ।











प्रतिक्रिया