पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

बिहीबार पुल्चोकमा भएको झडपमा नियन्त्रणमा खटिएका १८ जना प्रहरीसहित थप ५६ जनामा सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

झडप नियन्त्रणमा खटिएका एक इन्स्पेक्टरसहित ५६ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । ५६ जनामध्ये पुल्चोकमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौँका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महशाखाका १५ जना रहेको जनाइएको छ ।

रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा हिजो पुल्चोकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा परी प्रहरी र स्थानीयवासी सहित केही पत्रकार समेत घाइते भएका थिए ।