पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने युवक पक्राउ (भिडिओसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बिहीबार रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जन रहेका छन् । इमाडोलबाट पक्राउ परेका महर्जन पत्रकार नभएको खुलेको छ । प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गरेको छ ।