बाग्मती प्रदेश सरकारलाई अधिकारकर्मी र शिक्षाविद्को सुझाव

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

अधिकारको क्षेत्रमा कार्यरत बिभिन्न १५ वटा सन्जाल हरुले प्रादेशिक शिक्षा निति कस्तो हुनुपर्छ भनेर बहस चलाएका छन।

शिक्षा अधिकार अनुगमन समूह, नेपालको आयोजनामा लू निभाः बालसरोकार समूह, चाइल्ड नेपाल, पाटन सिविआर, युवालय, आसमान नेपाल लगायतका संजालहरुको सक्रिय सहभागीतामा बागमति प्रदेशको शिक्षा नीतिको मस्यौदामा सुझावका लागि नीतिगत बहस” बिषयमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न क्षेत्रका विशिष्ट अगुवा हरुको सहभागीता रहेको सो कार्यक्रम मा शिक्षा निती कस्तो हुनुपर्छ भनेर सहभागिहरु ले बागमती प्रेदेश लाइ दिने शुझाब तयार पारिएको थियो। बागमति प्रदेश सरकारले तयार गरेको शिक्षा नीतिलाई आवश्यक सुझावहरु प्रदान गर्ने गद्देश्यले यो नीतिगत बहस कार्यक्रमको आयोजना गरिएको थियो ।

सो कार्यक्रममा सरकारको तर्फबाट सामाजिक विकास मन्त्रालय बागमति प्रदेशका उप सचिव दिपेन्द्र सुवेदीले बागमति प्रदेशको ३३ बुदे शिक्षा नीति र कार्यनीतिको संक्षिप्त रुपमा प्रस्तुत गर्नु भएको थियो ।

शिक्षा बिज्ञ विश्लेषक श्याम श्रेष्ठले नीतिको उद्देश्यमा नै बैज्ञानिक व्यक्तित्व उत्पादन गर्ने उद्देश्य समावेश गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।अर्का बक्ता सो कार्यक्रमका टिप्पणी कर्ता पूर्व शिक्षा मन्त्री डा। गंगालाल तुलाधरले अवको शिक्षा नीतिमा शिक्षालाई सीपसंग, सीपलाई उत्पादनसंग र उत्पादनलाई समृद्धिसंग जोडने कुरा नीतिमा आउनु पर्नेमा जोड दिनु भएको थियोथियो ।

प्रा.डा. मन प्रसाद वाग्लेले नीतिको दफा अनुसार नै टिप्पणी गर्दै यस नीतिमा विद्यालय शिक्षालाई भन्दा पनि बढी उच्च शिक्षा र विश्व विद्यालयको शिक्षालाई नै बढी जोड दिनु पर्ने र ३३ वटा शिक्षाका नीतिहरु मध्ये १७ वटा नीति स्वागत योग्य र बाँकीका नीतिहरुमा अझ सुधार गर्नु पर्ने कुरा उल्लेख गर्नु भएको थियो । बागमति प्रदेशको शिक्षा नीति उपर टिप्पणी गदै डा। मिनाक्षी दाहालले अवको नीतिमा उच्च शिक्षा र विश्व विद्यालयकाहरुको नसाङ्कनका कुराहरु र एसईईका कुराहरु पनि नीतिमा ल्याउनु पर्ने कुरा व्यक्त गरिएको थियो ।

कार्यक्रममा शिक्षाका क्षेत्रमा क्रियाशिल विभिन्न संजालका अभियान्त हरु शिक्षा वर्गहरु,पत्रकारहरु, शिक्षाविद, अन्तराष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्था गरी करिव ८० जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा सहभागीहरुको तर्फबाट पूर्व शिक्षा सचिव महाश्रम शर्मा, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा लगायत शिक्षाविदु विद्यानाथ कोईराला लगायतले अवको शिक्षा नीति कस्तो हुनुपर्छ भनेर महत्त्वपूर्ण सुझावहरु प्रदान गर्नुभएको थियो ।

शिक्षा अधिकार अनुगमन समूह नेपालका संयोजक संन्तराम डंगोलको अध्यक्षतामा संपन्न कार्यक्रममा समूहका संस्थापक संयोजक एवं लू निभाःका कार्यकारी निर्देशक नरेन्द्र डंगोलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । सो कार्यक्रम का संयोजक सन्तराम डंगोलले कार्यक्रमबाट प्राप्त सुझाव तथा टिप्पणीलाई प्रदेश सरकारमा पुर्याउने जानकारी सो अवसरमा दिनु भयो।