ब्राजिलियन महिला फुटबलरले समान सुविधा पाउने

0
Shares

लन्डन, (एजेन्सी)
ब्राजिल फुटबल संघले राष्ट्रिय महिला खेलाडीलाई पनि पुरुष खेलाडीसरह समान सेवा सुविधा प्रदान गर्ने घोषणा गरेको छ।
विश्वमा नै पुरुष र महिला खेलाडीको सेवा सुविधामा भिन्नता भएको भन्ने चौतर्फी आलोचना भइरहेका बेला ब्राजिलले भने महिला खेलाडीलाई पनि पुरुष खेलाडीसरह सबै पुरस्कार, प्रशिक्षणका बेला दैनिक भत्ता दिने भएको हो।

ब्राजिलका फुटबल अध्यक्ष रोजेरिया काबोक्लोले महिला र पुरुष खेलाडीमा दिइने सेवा सुविधामा कुनै फरक नहुने बताएका छन्। अबबाट पुरुष खेलाडीले प्रशिक्षणका बेला पाउने भत्ता, पुरस्कारस्वरूप पाउने रकम जति नै महिला खेलाडीले पाउने अध्यक्ष रोजेरियाले बताएका छन्।

उनले मार्च महिनाबाट लागू हुने गरी यस्तो निर्णय गरेको बताएका छन्। उनले यो समानता विश्वकप र ओलम्पिकमा पदक जित्दा पनि लागू हुने धारणा राखेका छन्। यसअघि अस्ट्रेलिया, नर्वे र न्युजिल्यान्डले महिला र पुरुष खेलाडीको पुरस्कारमा समानता गर्ने घोषणा गरेको थियो।