एनसेलले फोरजी ग्राहकलाई नन्स्टप मज्जा लिन यस्ताे अफर ल्यायो


काठमाडौं, (नेस)
एनसेल आजियाटा लिमिटेडले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको नन्स्टप मज्जा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । कम्पनीले आफ्नो हाल संचालनमा रहेको नन्स्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको हो ।

‘प्लस’ थिमअन्तर्गत ल्याइएका यी ननस्टप अफर बिहीबारदेखि सञ्चालनमा आएका छन् । ‘प्लस’ थिमले नवीन र विशेष सेवाको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।

यस योजनामा ग्राहकले आफुलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरेपछि त्यस प्याकको समय सिमा बाँकी भएसम्म नन्स्टप चलाउन सक्नेछन् । जस्तै यदि कुनै ग्राहकले सात दिनको नन्स्टप टिकटक प्याक सय रुपियाँ (करसहित १२७ दशमलव ६९रुपियाँ) मा सुचारु गरेमा ग्राहकले एक हप्ताभरी टिकटकको नन्स्टप चलाउन सक्नेछन् । साथै यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनस प्राप्त गर्नेछन् ।

युट्युबमालागि २५ रुपियाँ (करसहित ३१ द्यशमलव ९२) मा १ दिनको समय सिमा रहेको यो प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले ४ जीबी बोनस डेटासहितको ७ दिनको समय सिमा रहेको  युट्युब वा फेसबुकको कम्बो प्याक मात्र १५० रुपियाँ (कर सहित १९१ दशमलव ५४) मा सुचारु गर्न सक्छन् ।

त्यस्तै ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटा सहितको नन्स्टप युट्युब प्याक ३६० रुपियाँ (कर सहित ४५९ दशमलव ६८) मा खरिद गर्न सक्छन् । ७ दिन वा ३० दिनको नन्स्टप प्याक खरिद गर्ने ग्राहकका लागि विषेश थप योजना पनि रहेको छ । ग्राहकले उल्लेखित नन्स्टप प्याक सुचारु गरेपछि हरेक दिन ५सय एमबीको दरले सात दिनसम्म २० रुपियाँ (कर सहित २५ दशमलव ५४) मा ३५०० एमबिथप डेटाको लिन सक्नेछन् ।