कोरोना संक्रमितपछि प्रतिरोधात्मक क्षमता लामो समय रहने


रिक्ज्याविक (एजेन्सी)

आइसल्यान्डका ३० हजार नागरिकमा गरिएको एक अध्ययनले एक पटक कोरोना संक्रमित भएपछि बन्ने गरेको एन्टिबडिजले उनीहरुलाई कम्तिमा ४ महिनासम्म इम्युनिटी दिन सक्ने देखाएको छ । यस खोजले कोरोना महामारीको कहर झेलिरहेको विश्वमा नयाँ आशा जगाएको छ ।

यति धेरैल लामो अवधीसम्म इम्युनिटी रही रहने दावी गरिएको यो पहिलो अध्ययन हो । आइसल्यान्डको एक बायोटेक कम्पनी डिकोड जेनेटिक्सले यो अध्ययन गरेको हो । यस अध्ययनको नतिजा द न्यु इंग्लान्ड जर्नल अफ मेडिसिनमा प्रकासित भएको हो ।

यस अघि भएका सीमित अध्ययनको नतिजाले एन्टिबडिज केही समय मै समाप्त हुने देखाएको थियो । तर आइसल्यानडमा गरिएको यस अध्ययनलाई लिएर प्रकासित सम्पादकियमा लेखिएको छ कि यो नतिजाले यो अत्यन्त संक्रामक भाइरस विरुद्ध प्राप्त हुने इम्युनिटी तुरुन्त अन्त्य नहुने आशा जगाएको छ ।

यसबीच अमेरिकाले कोविड १९ को खोप विकसित गर्ने कुनै पनि अन्तराष्ट्रिय पहलमा विश्व स्वास्थ्य संगठन पनि समावेश हुने भएकोले आफु समावेश हुन नसक्ने प्रष्ट पारेको छ ।