नोवल्नीलाई नोविचोक विष दिइएको जर्मनीको दावी


बर्लिन (एजेन्सी)

जर्मन सरकारले रुसका विपक्षी नेता अलेक्सी नोवल्नीलाई नोविचोक नर्व एजेन्ट विष दिइएको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रमुख आलोचक अलेक्सी गत महिना साइबेरियाबाट एक विमानमा उडान भर्ने क्रममा विरामी भएका थिए ।

त्यसपछि उनलाई एयरलिफ्ट गरी जर्मनीमा ल्याइएको थियो । उनी अहिलेसम्म कोमा मै छन् । नोविचोकको सन् २०१८ मा विशेष चर्चा थियो । त्यतिबेला बेलायतमा रहेका पुर्व रुसी जासुस सर्गेइ स्क्रिपल र उनकी छोरीलाइ उक्त विषादीबाट निसाना बनाइएको थियो ।

रुसले त्यतिबेला पनि आफनो हात भएको आरोप अस्विकार गरेको थियो भने नोवेल्नीको मामिलामा पनि रुसको भनाइ त्यही रहेको छ ।

नोविचोक रुसी शब्द हो जसको अर्थ हुन्छ नवआगन्तुक । सन् १९७० देखि १९८० को बीचमा विकसित नर्व एजेन्टसको समुहलाई नोविचोक भन्ने गरिएको छ ।

सोभियत संघको फ्रोलिएन्ट कोड नेम भएको एक कार्यक्रम अन्तर्गत बनाइएको यो रसायन चौथो पुस्ताको रासायनिक हतियार हो । नोविचोकका बारेमा ९० को दशकमा डाक्टर विल मिरजायानोवले रुसी सन्चार माध्यमबाट जानकारी दिएका थिए । त्यसपछि उनी देश छोडेर अमेरिका गएका थिए । त्यहाँ उनले आफनो किताब स्टेट सिक्रेट्स मा यसको शुत्र छापेका थिए ।

सन् १९९९ मा अमेरिकाका रक्षा अधिकारी उज्वेकिस्तान गएका थिए जहा उनले पुर्व सोभियत संघको रासायनिक हतियारको जाँच गर्ने संस्था नष्ट गरेका थिए ।

डाक्टर मिरजायानोव अनुसार सोवियत संघ यस प्लान्टमा नोविचोक परीक्षण गथ्र्यो । यो नर्व एजेन्ट यसरी तयार पारिन्थे की अन्तराष्ट्रिय पर्यवेक्षक यसलाई थाहा पाउनै सक्दैन ।

नोविचोकको केही संस्करण भीएक्स नर्व एजेन्ट भन्दा पाँच देखि ८ गुणा बढी कडा हुन्छ । यो सरीन वा भीएक्सभन्दा धेरै खतरनाक हुने र यसलाई पत्ता लगाउन पनि अत्यन्तै कठिन हुने रिडिंग युनिभर्सिटीमा फर्माकोलजी विशेषज्ञ प्रोफेसर गेरी स्टिफन्सले बताए ।