आज पनि घट्याे सुनकाे भाउ, हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?


काठमाडौं । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेकाे छ । सुनको भाउ आज तोलाको ९६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजाे तोलामा १२ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ थियो । यस्तै हिजाे तेजावी सुन प्रति तोला ९६ हजार ७ सय रूपियाँमा काराेकार भएको थियाे । आज तेजावी सुनकाे मूल्य ९६ हजारमा काराेकार भइरहेकाे छ ।

हिजाे चाँदीको मुल्य १ हजार ३ सय ६५ मा काराेबार भएकाे थियाे भने आज चाँदीकाे मूल्य १ हजार ३ सय ४५ रूपियाँमा काराेबार भइरहेकाे छ ।